बिद्यार्थी संगठनलाई पनि किन २८ बर्षको मापदण्डमा नराख्ने ?

बिद्यार्थी संगठनलाई पनि किन २८ बर्षको मापदण्डमा नराख्ने ?

  • आइतवार, पुस २४, २०७३
  • प्रताप शर्मा

  • 8.7K
    SHARES

आज भन्दा ४ वर्ष अगाडी म स्नातोक्तर अध्ययनका लागि कलेज भर्ना गर्न पुगे , सरकारी कलेजमा भर्ना गर्न राजनैतीक संगठनको सहयोग लिए पछी सजिलो हुने ,आफ्नो निकट एक जाना साथीलाई भने अनी भर्नाको काम सिध्याए । समसामयिक राजनीतिको छलफल पछी मेरो दिमाग मा धेरै कुराहरु खेले । राजनीतिमा लागेको मेरो त्यो साथी उमेरको हिसाबले ३० बर्ष र एकाइ समिती अध्यक्ष । बिहान भनेको छैन , दिउसो भनेको छैन ,आफु कक्षाकोठा मा नपढी नेता बन्न कै निम्ती विद्यार्थीलाई सहयोग गरेको छ । आफ्ना अशिमीत चाहनालाई तिलान्जली दिदै राजनीति गरेको छ । अब तपाईं आँफै भन्नुस् त्यो मेरो साथी केन्द्रिय नेताको रुपमा स्थापित हुँदा कती बर्ष पुग्ला ? अब हामीले उसलाई स्वबियुको निर्वाचनमा उठ्न दिएनौ भने त्यो अन्यया हुन्छ कि हुँदैन ? त्यसैले सवाल यहाँ स्वबियु निर्वाचनमा २८ बर्षको मात्र होइन संगठन मै २८ मुनिको चयन गर्ने प्राब्धान राख्नु जरुरी छ ,त्यसले मात्र इमान्दार नेता कार्यकर्ताको भाबनाको समर्थन गर्दछ ।

त्यही विद्यार्थी नेतालाई स्वबियु निर्वाचनमा उठ्न नदिने अनी त्यही विद्यार्थीलाई संगठनको नेता बनाउने काम भयो भने , के यो बैज्ञानीक हुन्छ ? २६ बर्षको एउटा विद्यार्थीले के संगठन हाँक्न सक्दैन ? समस्या कहाँ छ ? खोजी गरौ । हाम्रा राजनैतीक दलहरुले बेइमानी गर्दै छन र त्यो बेइमानीमा संगठनका प्रमुखले लाल मोहर लगाएका छन। अहिले आएको तत्कालको निर्णय स्वागत योग्य हुँदा हुँदै पनि संगठन परिमार्जन हुने या नहुने त्यो जटिल बिषय बन्न पुगेको छ । अहिले तत्काल संगठन परिमार्जन नगरे त्यसले द्रिघकालमा ठुलो असर गर्ने छ । संगठन अराजक हुने खतरा उत्पन्न हुने छ । मुल गेट बन्द गरेर कोठाको ढोका खोल्दैमा यात्रा सहज हुँदैन , हाम्रो प्रयत्न मुल ढोका सँगै साहयक ढोका खोल्ने कि नखोल्ने भन्ने हो ? यो निर्णय सँगै संगठनमा अब भाडाभैलो सुरु हुनेछ किनकी संगठन यथास्थ्तीबादी र कदम क्रान्तिकारी भएपछी धान्न गार्हो नै हुनेछ ।

मेरो सुझाब विद्यार्थी संगठन तत्काल परिमार्जन गरियोस भन्ने नै हो । यो निर्णय आम विद्यार्थीको लागि स्वागत योग्य सुरुवात नै हो । त्रिभुवन बिश्वबिद्यालयले २८ बर्षको उमेर हदको एउटा नयाँ सुरुवात गरेको छ, यो सुरुवात आम विद्यार्थी र सैक्षिक जगतको लागि एउटा सम्ब्रिद्दीको ढोका हो । लामो समय विद्यार्थी राजनीतिमा लागेर आफ्नो अमुल्य समय र उर्जा अब विद्यार्थीले खर्च गर्नु नपर्ने अवस्था सिर्जना भएको छ । यसले एउटा बिधी र प्रकृयाको निर्माण गर्दछ। आज सम्म बिभिन्न पार्टी अन्तर्गतका विद्यार्थी संगठनका अधयक्ष हेर्नु भयो भने ३५ ,४० बर्ष भन्दा कम कोही छैनन र आफुलाई नेता हुँ भन्न लाज पनि मन्दैनन । मानिस जीबनभर विद्यार्थी हुन सक्छ तर विद्यार्थी नेता हुन सक्दैन ।

विद्यार्थी र विद्यार्थी नेता हुनु फरक फरक बिषय हुन । ४० बर्षमा विद्यार्थी संगठनको अधयक्ष हुँदा हामीमा थोरै लाज सरम र हिनताबोध हुँदैन किनकी हामीमा राजनैतीक सन्स्कार नै बिकाशित छैन । अब तिनै ब्यक्तीहरु पार्टीको नेत्रित्व तहमा पुग्दा ५०, ५५ हुन्छन अनी नमरुन्जेल पार्टी नेत्रित्व छोड्न चाहदैनन , त्यो उनिहरुको बाध्यता हो । यो बाध्यतालाई अब एउटा बिधी बनाएर हल गर्नु पर्दछ । स्वबियुमा मात्र होइन अब संगठनमा बहस सिर्जना गर्न जरुरी छ । त्यो बहसको उठानले नैतीक संकट सिर्जना गरोस । हामीमा नैतीक जग यती कमजोर छ कि त्यसको ब्याख्या नै नगरौ । त्रिभुवन बिश्वबिद्यालयले उमेर हद कायम गरेकै दिन यहाँका विद्यार्थी संगठनलाई नेत्रित्व दिएका काकाहरुले संगठन २८ बर्ष मुनी कै विद्यार्थी नेतालाई सुम्पन्छन भन्ने मलाई लागेको थियो तर बिडम्बना त्यो इच्क्षाशक्ती र नैतीक धरातल बाट उठेको नेता कोही रहेनछ ।

त्यो उनीहरुको मात्र कमजोरी होइन , कमजोरी त त्यो धरातल र राजनैतीक सन्स्कार को हो । हामी सिद्दान्त , बिचार र योजनामा बहस गर्छौ अनी रमाउछौ तर त्यो ठुलो बहस चिया गफमै सिमित बनेर कार्यन्व्यनमा फिक्का हुनुमा कमजोरी कसको ? समयले सधैं कुर्दैन र एक नाश पनि चल्दैन त्यसैले संगठनमा पनि २६ बर्षको विद्यार्थी नै संगठनको अधयक्ष हुने बहस र अभियान चलाऊन जरुरी छ । हाम्रा विद्यार्थी संगठनका बुढा नेता हरुले लाज र सरमलाई जितेका छन र उनिहरुको नैतीक जगलाई हल्लाउन थोरै समय लाग्छ , त्यो प्रयत्न तपाईं हामी गर्ने कि नगर्ने ? सम्मुनत र सम्ब्रिद्द नेपाल निर्माण गर्न पार्टी ,संगठन र राज्यमा एउटा बिधी स्थापना गर्दै युवाहरुको सहभागीता लाई ब्यापक बनाउन सके राज्य आँफै आमुल परिवर्तनको दिशामा अगाडि बढ्छ । सबै भन्दा पहिला बिधी निर्माण गरौ र त्यै बिधीको जगमा राजनैतीक सन्स्कारको निर्माण हुन्छ । जसरी प्रबिधीको बिकास भएको छ, त्यसै गतीमा हामीले राजनैतीक परीपाटी र प्रजातान्त्रिक मन्यतालाई बिकाशित गर्दै लगेउ भने मात्र हामी बिकासको बाटोमा अगाडि हुनेछौ ।
विद्यार्थी राजनीतिको ईतिहास परिवर्तन हुँदैछ र यो परिवर्तित ईतिहास सँगै तपाईं २८ मुनिका विद्यार्थी नेताले संगठन पनि परिवर्तित गर्दिने कि नगर्ने त्यो तपाईं कै भरमा सुम्पेको छ । मेरो अनुरोध यती मात्र हो कि अब विद्यार्थी संगठनका अधयक्षले नैतीकताका आधारमा राजिनामा दिदै २८ बर्ष मुनीका भाई बहिनीलाई नै संगठनको जिम्मा दिनुस् ,यो राजनैतीक इमान्दारिता पुरा गर्नु भयो भने मात्र तपाईं उदाहरणीय बन्न सक्नु हुनेछ । विद्यार्थी आन्दोलनको ईतिहासमा यो नयाँ र उपलब्धीमुलक जीत हो र यो जीतलाई संस्थागत गर्न अब आफ्ना विद्यार्थी संगठनमा पनि २८ बर्ष कै अधयक्ष हुनुपर्छ भन्ने बाताबरण को श्रीजना गरौ । कसका दारी कती फुले , कसका कपाल कती फुले अब विद्यार्थी राजनितीमा यि कुरा छोड्दिनुस् । हरेक संगठनमा सम्लङ्न रहनु भएका २८ बर्षका नेताहरु त्यही भित्र बिद्रोह सुरु गर्नु पर्छ र त्यो बिद्रोहलाई उत्त्पादक बनाउन जरुरी छ । नेता हुँ भन्ने हरुको दम्भको मानशिक्ता माथि प्रहार गर्नुस् । अब पनि तिनै ४० बर्षका बुढा बुढीलाई विद्यार्थी संगठनको अध्यक्षको रुपमा बुझ्नुहुन्छ भने त्यो तपाईंको कमजोरी हुनेछ र ४० लाख विद्यार्थी जगत माथि अन्यया हुनेछ । अब तपाईं न्यया गर्नु हुन्छ या अन्यया त्यो तपाईं २८ मुनीकै विद्यार्थीको हातमा । अन्त्यमा सम्पूर्ण संगठनमा रहनु भएका २८ मुनिका विद्यार्थी नेताको उज्ज्वल भबिस्यको कामना गर्दछु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी