संशोधन विधेयक पेश गर्न खोजेमा सदन अवरोध गर्ने प्रतिपक्षी नौ दलको निर्णय

संशोधन विधेयक पेश गर्न खोजेमा सदन अवरोध गर्ने प्रतिपक्षी नौ दलको निर्णय

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, पुस २४।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी ९ दलले आज बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधन विधेयक पेश गर्न खोजेमा अवरुद्ध गर्ने निर्णय भएको बैठक पछि नेताहरुले बताएका छन् । अहिले केहीबेरमा संसदको कार्यव्यवस्था समिति बैठकमा पनि दलहरुबिच छलफल हुँदैछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलको बैठक समेत बोलाउनु भएको छ ।

सभामुख घर्तीले संसद बैठक बस्नु अघि प्रमुख ५ दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतासँग छलफल गर्ने तयारी गर्नुभएको हो ।

यस्तै विपक्षी दलसँगको छलफलपछि एमालेको संसदीय दलको बैठक अहिले केहि वेरमा बस्दै छ । यसै विच लामो समयको अवरोधको बाबजुद पनि आज दिउसो १ बजे बस्न लागेको व्यवस्थापिका संसदको बैठक अनिश्चित बनेको छ ।

आजको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेवुल गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी एमाले सहित नौ दलले संशोधन विधेयक अघि बढाउन नदिने अडान दोहोर्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ