काठमाडौ २४ पौष ।
सरकारले बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यसअघि वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता बालबालिकालाई पनि दिने तयारी भएको हो ।
गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको केन्द्रीय पन्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयस्रोत नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने सरकारको योजना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline