विपक्षी दल संसदमा प्रस्तुत हुने रणनिति बनाउदै

विपक्षी दल संसदमा प्रस्तुत हुने रणनिति बनाउदै

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २४ पौष । 

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेपछि संसदमा प्रस्तुत हुने रणनिति तय गर्न एमाले लगायत विपक्षी नौ दलको बैठक आज बस्दैछ ।

बिहान ९ बजेपछि सिंहरबारस्थित एमाले संसदीय दलको कार्यलयमा बस्ने नौ दलीय विपक्षी गठबन्धनको बैठकमा संशोधन विधेयक टेबुल हुन दिने वा नदिने भन्ने बारेमा छलफल हुने जनाइएको छ ।

संशोधन विधेयकमाथि सर्बोच्च अदालतले दिएको आदेशपछि संसदको गतिरोध खुलाउने सम्बन्धमा केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सत्तारुढ दलले पहल नगरेको भन्दै थप कठोर हुने संकेत गरेको छ ।

यसअघि हिजो बसेको एमाले स्थायी कमिटी बैठकले संशोधन विधेयक कुनैपनि हालतमा अघि बढ्न नदिने निर्णय गरेको थियो । सरकारले जबरजस्ती विधेयक टेबल गर्न खोजे सशक्त प्रतिकार गर्ने एमालेले जनाएको छ ।

स्रोतका अनुसार आजको विपक्षी दलको संयुक्र बैठकले संसदको अवरोधलाई जारी राख्ने निर्णय गर्नेछ । यस्तै विपक्षी दलसँगको छलफलपछि एमालले मध्यान्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ