नेपाली भिसा दिंदा लापरवाही, कुन देशमा यस्तो लापरवाही 

नेपाली भिसा दिंदा लापरवाही, कुन देशमा यस्तो लापरवाही 

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, पुस २४ । विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा ९भिसा० दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ । विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारीसहित सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरु ९अनरकी कन्सुलर० ले मुलुकको प्रतिष्ठा र इन्ज्जतको समेत ख्याल नगरी जथाभावी भिसा दिएको पाइएको हो ।

परराष्ट्र मन्त्रालयले विदेशी नियोगमा नियुक्ति हुनुपूर्व मातहतका कर्मचारीलाई नेपालले अवलम्बन गर्दै आएको भिसा नीतिका बारेमा जानकारी दिने गरेको छ ।

परराष्ट्रको गाइडलाइनलाई कर्मचारी र सरकारले नियुक्त गरेका कन्सुलरले कार्यान्वयन गरेको देखिँदैन ।

नेपाली भिसा दिँदा लापरबाही गर्ने नियोगमा वासिङटन डिसीस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास हङकङ, नयाँ दिल्लीस्थित नेपाली दूतावास, अष्ट्रेलिया क्यानबेरास्थित नेपाली दूतावास र बेईजिङस्थित नेपाली दूतावास छन् ।

यस्तै ढाकास्थित नेपाली दूतावास, जर्मनको कोलोन, इटलीको रोम र स्पेनको वार्सिलोनास्थित कन्सुलरले समेत भिसा दिँदा लापरबाही गरेको स्रोतले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी