व्यवस्थापिका संसद बैठक आज बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दै

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमान्डौ पुस २४ ।
लामो समयको अवरोधको बाबजुद पनि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

गत पुस १९ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वाेच्चको आदेश पछि प्रमुख दलका नेताहरुले सहमति जुटाउन समय मागे पछि सभामुख ओनसरी घर्ती मगरले आज सम्मका लागि बैठक स्थगित गर्नु भएको थियो ।

तर पाँच दिनको समयावधिमा गतिरोध खुलाउने सम्बन्धमा प्रमुख दलका नेताहरुसँग सरकारले कुनै औपचारिक छलफल भने गरेको छैन ।

आजको संसद बैठकमा सरकारले संविधान संशोधन विधेय टेवुल गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संशोधन विधेयक फिर्ता नलिए आजको संसद बैैठक पनि अवरोध गर्ने जनाएको छ ।

यस अघि सत्तारुढ दलले आजको संसद बैठक सुरु हुनु अघि नै प्रमुख प्रतिपक्षी एमालेसँग गतिरोध हटाउन सहमतिको प्रयास स्वरुप छलफल गर्ने बताइएको छ ।

गत मंसिर १६ गतेदेखि एमाले सहित ९ दलले संबिधान संसोधन प्रस्तावको बिरोध गदै संसद बैठक अवरोध गर्दा संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक र निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध परेको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ