स्पेनिस ला लिगामा सेभिल्ला विजयी

स्पेनिस ला लिगामा सेभिल्ला विजयी

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,पुस २४।
स्पेनिस ला लिगाको गएराति भएको खेलमा सेभिल्ला विजयी भएको छ । सेभिल्लाले रियल सोसिडाडलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे । यस्तै साराबिएले एक गोल गरेका हुन् । जित सँगै सेभिल्ला बार्सिलोनालाई पछि पार्दै ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

यड्डरले २५, २९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले ह्याट्रिक पूरा गर्नु अघि ७३ औं मिनेटमा साराबिएले एक गोल गरेका थिए ।

जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ३४ अंक छ ।

यस्तै गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई २–० ले पराजित गरेको छ । एथ्लेटिकको जितमा साउल निगुएज र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

जितपछि चौथो स्थानको एथ्लेटिकको १७ खेलबाट ३१ अंक भएको छ । अर्को खेलमा लास पालमसले स्पोर्टिङ गिजोनलाई १–० ले हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी