काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई

काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

झापा, २३ पुस । काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ ।

काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले रु दुई लाख एक हजार पुरस्कार पाएको छ ।

खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । नब्बेऔँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा एघारका योगेश गुरुङ घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी