धरानमा गोधुली फुटबल प्रतियोगिताको १७ औं संस्करण आजबाट सुरु

धरानमा गोधुली फुटबल प्रतियोगिताको १७ औं संस्करण आजबाट सुरु

पहिलो खेलमा बडा नम्बर १५ बिजयी

  • शनिबार, पुस २३, २०७३
  • गोपाल कामत

  • 6.1K
    SHARES

धरान ,२३ पुस ।

मोफसलकै सबैभन्दा पुरानो प्रतियोगिताको रुपमा रहेको गोधुली फुटबल प्रतियोगिताको १७ औं संस्करण धरानमा आजबाट सुरु भएको छ ।

आज एक बिशेष समाहरोहका बीच सो सस्करण सुरु भएको हो । संस्करण उदघाटन नेकपा एमाले क्षेत्र नँम्बर १ सुनसरीका सभासद कृष्ण कुमार राईले गरेका थिए ।

खेलको उदघाटन गर्नुहुदै सभासद राईले धरानको खेलकुदको क्षेत्रमा गोधुली क्लबले महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा सभासद राईले समय अभावका बाबजुत छोटो समय खर्चिदै गोधुलि क्लबले आयोजना गरेको यस्ता प्रतियोगिताले नया खेलाडी जन्माउन सहयोग पु¥याएको समेत बताए ।

यसैबीच आजै गोधुली क्लब धरानको आयोजना आजै भएको पहिलो उदघाटन खेलमा ट्रइवरेकरमा वडा नम्बर १५ ले डिफेन्डिङ च्यापीयन वडा नम्बर १९ लाई हराएको छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समय सम्मा कुनै पनि टीमले जित हात पार्न नसकेपछि खेल टाईवरेकरमा पुगोको थियो ।

सोही ट्रईवरेकर खेलकोे मौका उठाउदै वडा नम्बर १५ ले जित हात पारेको हो ।
वडा नम्बर १५ लाई जिताउने क्रममा रमन लिम्बु,सुमन कार्की तथा बसन्त बानियाले एक एक गोल गरेको थियो भने वठा नम्बर १९ को तर्फबाट शेखर राई र योगेश राईले मात्र गोल गर्न सफल भएका थिए ।
भोलीको खेल वडा नम्बर १२ र वडा नम्बर ६ बिच हुने गोधुली क्लबका अपाध्यक्ष सतिष केसीले जानकारी दिए ।

१७ औै अन्तर वडास्तरी गोधुली फुटबल रनिङ कप २०७३ आजदेखी सुरु भई आगामी माघ ८ गतेसम्म चल्नेछ ।

केसीका अनुसार एन्फा एकाडेमीको खेल मैदान धरान १७ मा हुने वडा स्तरीय प्रतियोगितामा २० टिमले प्रतिष्पर्धा गर्नेछन् ।

२०५० सालदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आएको क्लबले प्रत्येक बर्ष पुरस्कारको राशी समेत थप गर्दै आएको आयोजले जनाएको छ ।

१७ औं संस्करणमा प्रथम हुनेलाई यस बर्ष ७५ हजार पु¥याइएको छ भने द्वितीय हुनेलाई ४० हजार पु¥याइएको क्लबका अध्यक्ष देश कुमार राईले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी