खेलाडि लिलामी प्रक्रिया सम्पन्न ,कुन खेलाडि कतिमा खरिद भए ?

खेलाडि लिलामी प्रक्रिया सम्पन्न ,कुन खेलाडि कतिमा खरिद भए ?

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ ,२३ पुस ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागी खेलाडी लिलामी (अक्सन) प्रक्रिया सम्पन्न भएको छ ।

आगामि चैत ५ गतेदेखि १९ गतेसम्म सन्चालन हुने प्रतियोगिताका लागी आज काठमाडौंको याक एन्ड यती होटलमा खेलाडि लिलामि प्रक्रिया भएको थियो ।

कुल २०० भन्दा बढी खेलाडी सहभागी अक्सनमा ६ टोलीहरुले बोलकबोलमार्फत् चारजना खेलाडीहरुका लागि क्लबहरुले अधिकतम् सीमा तोकिएको एक लाख रुपैयाँ खर्च गरेका छन् ।

खेलाडीहरुमा सोमपाल कामी, सागर पुन, करन केसी र मेहबुब आलम एक लाख रुपैयाँमा अनुबन्धित भएका हुन् ।

यसैगरी, नरेश बुढाऐरका लागि ९५ हजार रुपैयाँ खर्च गरिएको छ ।

अलराउन्डरहरु प्रदीप ऐरी र पृथु बास्कोटाका लागि क्लबहरुले ९० हजार रुपैयाँ खर्च गरेका छन् ।

पहिलोपटक नयाँ ढाँचामा आयोजना हुन गइरहेको डीपीएल क्रिकेटले घरेलु क्रिकेट संरचनामा नयाँ उर्जा थपेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बताउँछन् ।

पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीमा आवद्ध मुख्य खेलाडीहरुमा राजु रिजाल, आरिफ शेख, पृथु बास्कोटा, सौरभ खनाल, अनिल मण्डल, अमरसिंह राउटेला, आदिल खानलगायतका खेलाडीहरु रहेका छन् ।

यसैगरी, विनोद भण्डारीको कप्तानीमा रहेको कन्चनपुर आइकोनिकका खेलाडीमा सिद्धान्त लोहनी, चन्द्र साउद, सुनील धमला र अभिनाष कर्ण रहेका छन् ।

शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्समा सुवास खकुरेल, राजेश पुलामी, विक्रम सोबलगायतका खेलाडी छन् भने बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले सोमपाल कामी, सन्दीप जोरा, हरिशंकर शाहलगायतका खेलाडीलाई टिममा भित्र्याएको छ ।

शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले जितेन्द्र मुखिया, आशिफ शेख, पवन शराफ, दीपेन्द्र ऐरी र भेट्रान खेलाडी प्रफुल्ल वैद्यलाई टिममा भित्र्याएको छ ।

यसैगरी, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सीवाइसी अत्तरियाको मुख्य खेलाडीहरुमा करण केसी, सन्दीप सुनार, प्रदीप ऐरी, दिलीपनाथलगायतका खेलाडीहरु रहेका छन् ।

प्रतियोगिताको विजेताले १५ लााख रुपैयाँ पुरस्कार जित्नेछ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले संयुक्तरुपमा आयोजना गरेको यो प्रतियोगिता ‘राउन्ड रोबिन लिग’को आधारमा सन्चालन गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी