एमालेले संविधान च्यात्ने रणनिती बनाउदैछ : भट्टराई

एमालेले संविधान च्यात्ने रणनिती बनाउदैछ : भट्टराई

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२३ पुस ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमालेका गतिविधीले संविधान च्यात्ने प्रयास भएको महसुस गराएको बताउनु भएको छ ।
प्रेस सोसाइटी नेपाल उदयपुरले आज गाईघाटमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले संविधान संशोधनको बाधक बन्नुको तुक नरहेको बताउनु भयो ।
संविधान संशोधन अहिले अपरिहार्य रहेकोले एमालेले त्यसको बिरोधमा सडकमा नाराबाजी गर्नुको औचित्य नभएको धारणा राख्दै भट्टराईले भन्नुभयो , ’मैले पछिल्लो समयमा एमालेले देखाएको गतिविधिले संविधान च्यात्ने प्रयास गरेको महसुस गरेको छु ।
संयोजक भट्टराईदले संविधान संशोधनमा भैरहेको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाललेलाई सुझाव पनि दिनुभएकोछ ।
असन्तुष्ट दलहरुको जायज माग सम्बोधन गरी नयाँ पुनर्संरचनामा नेपालको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरी नयाँ संविधान लागू गर्नुको विकल्प नरहेको भट्टराईको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ