संशोधन प्रस्ताव पारित गरेर तीनवटै निर्वाचन गराउछौ : देउवा

संशोधन प्रस्ताव पारित गरेर तीनवटै निर्वाचन गराउछौ : देउवा

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,पुस २३ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पेश भएको संबिधान संशोधन प्रस्ताव पारित गरेर तीनवटै तहको निर्वाचन गराउने दाबी गर्नुभएको छ ।

काभ्रे क्षेत्र नं १ अन्तर्गत कोसीपारीका ९ वटा गाउँ कार्यसमितिले गोठपानीमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाले संशोधन प्रस्ताव पारित भएरै छाड्ने दाबी गर्नुभयो ।

उहाले निर्वाचन गराएर संविधानलाई कार्यान्वयन गर्नका लागी संविधान संशोधन पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन प्रस्तावमा छलफल नै गर्न नदिएर प्रजातान्त्रिक चरित्र नदेखाएको आरोप उहाले आरोप लगाउनु भयो ।

संशोधन प्रस्ताव पारित भएर मधेस र आदिवासी जनजातिका समस्या सदा–सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्दै उहाले एमालेले त्यसमा पनि बखेडा झिकेको आरोप लगाउनु भयो ।

यस्तै सोहि कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री समेत रहनुभएक केन्द्रीय सदस्य प्रकाशशरण महतले संशोधनबारे सडकमा जनता उचालेर समस्या समाधान नहुने दाबी गर्नुभयो ।

उहाँले परराष्ट्र नीति र सम्बन्ध सडकमा बखेडा झिक्ने विषय नभएको भन्दै सरकारले सही ठाउँमा सही समयमा राष्ट्रिय स्वार्थ र आवश्यकताको कुरा उठाएको तर्क गर्नुभयो ।

केन्द्रीय सदस्य बद्री पाण्डेले सबैलाई मिलाएर लैजान संशोधन प्रस्ताव आएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ