काठमाण्डौँ, पुस २३ ।
रेडबुल फुटसल लिग २०७३ को उपाधि शंखमूल फुटसलले हात पारेको छ ।
काठमाडौंको बाँसबारीस्थित चौर रिक्रियसनल सेन्टरमा आज भएको फाइनल खेलमा सामाखुसी फुटसललाई ३–२ ले पराजित गर्दै शंखमूलले उपाधि जितेको हो ।
खेलमा शंखमूलका लागि शेरबहादुर थापामगरले २ गोल गरे । सन्जोग चाम्लिङ राईले १ गोल थपे । सामाखुसीका लागि नवीन लामा र शौरभ मगरले १–१ गोल गर्नुभयो ।
एमए इभेन्ट्सको आयोजनामा पहिलोपटक भएको प्रतियोगिताको उपाधि जितेको शंखमूल फुटसलले १० लाख रुपैयााँसमेत हात पारेको छ ।
उपविजेता बनेको सामाखुसीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । उपाधि विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline