भारतीय थिंक ट्यांकहरुको प्रतिवेदनप्रति चीनको चासो

भारतीय थिंक ट्यांकहरुको प्रतिवेदनप्रति चीनको चासो

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, २३ पुस ।
नेपाल–चीन सम्बन्धमा भारतीय थिंक ट्यांकहरुको प्रतिवेदन सार्वजनिक भएसंगै चीनले पनि नेपालमा आफ्नो राजनीतिक सक्रियता बढाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले आज बिहान प्रधानमन्त्री पुस्पकमल दाहलासंग भेट गरी पछिल्लो समय नेपालको वर्तमान राजनितिक अवस्था र थिंक ट्यांकहरुको प्रतिवेदनका बिषयमा चासो राख्नुभएको छ ।

मुलुकमा राजनीतिक गतिरोध चुलिएको समयमा प्रधानमन्त्रीलाई भेट्न राजदूत होङ् वालुवाटार पुग्नु भएको थियो ।

उहाँहरुबीच भेटमा भारतीय थिंक ट्यांकले यही साता नेपाल र चीनबीचको सम्बन्धबारे सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनबारे छलफल भएको वालुवाटार स्रोतले जनाएको छ ।

राजदूत होङ्ले राजनीतिक अवस्था र यसको निकासबारे प्रधानमन्त्री दाहालसँग जिज्ञासा राख्नु भएको थियो । यस्तै उहाले चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने पनि बताउनु भयो ।

थिंक ट्यांकले यसै साता चीनको प्रभाव नेपालमा बढेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ