विखण्डनकारी राष्ट्रवादले कसैको हित नगर्नेः उर्जामन्त्री

विखण्डनकारी राष्ट्रवादले कसैको हित नगर्नेः उर्जामन्त्री

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रौतहट, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कसैको हित नगर्ने भएकाले सहमतीमा आउन प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल रौतहट शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संसद्लाई बन्धक बनाएर प्रतिपक्षीहरुले निर्वाचनलाई पछाडि धकेल्न खोजेको होरोप लगाउनु भयो ।

संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा सदन नै अबरोध गरी निर्वाचनको मात्रै कुरा गर्दा प्रतिपक्षीले निर्वाचन नचाहेको आशङ्का उत्पन्न भइरहेको उहाँको भनाई छ ।

मन्त्री शर्माले संबिधान संसोधन मार्फत मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन खोज्दा त्यसको बिरोध गर्नु एमालेको गैरराजनैतिक चरित्र भएको आरोप लगाउनु भयो ।

नेपालको सार्वभौमसत्ता, अखण्डता र गणतन्त्र बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने भएकाले संविधान संशोधन हुनै सक्दैन भन्नु निरङ्कुश चरित्र भएको उहाँको टिप्पणी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ