बागमती सफाई अभियान जारी , फोहर फाल्ने चार व्यापारी रङ्गेहात पक्राउ

बागमती सफाई अभियान जारी , फोहर फाल्ने चार व्यापारी रङ्गेहात पक्राउ

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २३ पुस ।
बागमति नदी सफाईका क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा शिवशङ्कर होटल सहित चार वटा पसललाई कारबाही गरिएको छ ।

जसअन्तरगत अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका फर्निचरका प्रेम श्रेष्ठ, सिसा पसलका अरुण शर्मा र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा रङ्गेहात पक्राउ गरीएको हो ।
उनीहरुलाई जनही पाँच हजारका दरले २० हजार रुपैया जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताउनुभयो ।

फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदारले जरिवाना वापतको रकम लिएर आउछु भनेपनि नदिने भन्दै पुन धम्क्याएपछि महानगरीय प्रहरी वृत्त गौशालाले सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले रु पाँच हजारदेखि रु एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ ।

यसैबीच , आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

उता, रुद्रमती सफाइको १५० औँ हप्तामा आज बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।
आजको विशेष कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगनकुमार थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताउनुभयो ।

सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व सचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गर्नुभएको थियो ।
रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन र बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ