जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई उर्जामन्त्रीको आग्रह

जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई उर्जामन्त्रीको आग्रह

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पर्सा, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युतमा लगानी गरि मुलुकलाई लोडसेडिङ मुक्त गराउने सरकारी अभियानमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले त्यसको फाईदा उठाउन उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।

उहाले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताउनुभयो । मन्त्री शर्मालेवर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड दिनुभयो ।

देश सङ्घीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युत्को उपयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडिया लगायतका उद्योगि व्यापारीहरुले वीरगन्जमा हुदै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी