रौतहटमा एक जनाको घाँटी रेटी हत्या

रौतहटमा एक जनाको घाँटी रेटी हत्या

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमााडौ २३ पौष ।  

रौतहटको करुनियामा गएराति एक जनाको हत्या भएको छ । करुनिया गाविस– २ का ३३ वर्षीय अभिनन्दन साहको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।

साहको शव सोही गाविसको वडा नम्वर ६ स्थित बाँसघारीमा आज बिहान फेला परेको हो । हत्या कसले गरेको थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न अपराधमा संलग्न भई अदालतबाट दोषी ठहरिएर फरार रहेकाहरुलाई पक्रन अभियान सुरु गरेको छ ।

२०६७ साल यता अदालतबाट दोषी ठहरिएपछि विभिन्न स्थानमा लुकिछिपी रहँदै आएका १७ जना फरार दोषीलाई प्रहरीले पक्रेको धनकुटा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी सार्वजनिक अपराधमा दोषी ठहर भएका पाँच जना छन् भने कुटपिट, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दाका दुई–दुई र ठगी मुद्दाका एक जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ