काँकरभिट्टा गोल्डकपको उपाधिका लागि आज एपीएफ र झापा भिड्दै

काँकरभिट्टा गोल्डकपको उपाधिका लागि आज एपीएफ र झापा भिड्दै

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २३ पौष ।  

झापाको काँकटभिट्टामा जारी दोस्रो काँकटभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ र रमपम झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रायः धेरै गोल्डकपका फाइनल प्रतियोगितामा आमनेसामने हुने गरेका यी दुई टिम उपाधि जित्ने दाउमा छन् । वनविज्ञान खेल मैदानमा आज दिउँसो हुने खेलमा दुवै टोली अपाधि आफ्नो कब्जा गर्ने दाउका साथ मैदान उत्रदैछन् ।

आफ्नो टिमको सेट मिलेको र नियमित प्रशिक्षणमा पनि रहेकाले उपाधि आफूहरुले जित्ने एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले दावी गरेका छन् ।

उता रमपम झापा ११ पनि जुनसुकै हालतमा यो उपाधि जित्ने दाउमा छ । सिजनको पहिलो सुरुङ्गा गोल्डकपमा एपीएफसँग ट्राइब्रेकरमा पराजित बनेको झापा ११ ले त्यसको बदला लिनका पनि यो प्रतियोगिता जित्नुपर्ने दबाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी