ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पाँचथर, पुस २२ । कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, पाँचथरमा जारी टुबोर्ग आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको अन्तिम सेमिफाइन खेलमा इलाभेन एरोज क्लब दुहबी–सुनसरीलाई १—० ले हराउँदै ताप्लेजुङ उपाधिनजिक पुगेको हो ।

ताप्लेजुङलाई जिताउन खेलको ३०औं मिनेटमा विदेशी खेलाडी सेगुनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

सुनसरीका सौजन्य राई खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

ताप्लेजुङले अब पुस २४ गते हुने फाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भारत र भुटान गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी