रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण मङ्गलबारदेखि

रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण मङ्गलबारदेखि

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २२ पुस । रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने काठमाडौँ क्रिकेट टे«निङ सेन्टरका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले जानकारी दिएका छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, खहरे क्रिकेट क्लब धादिङ, एपिएफ धनगढी, न्यु होराइजन क्रिकेट क्लब भैरहवा तथा अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज सहभागी हुने छन् ।

त्यसैगरी पिसी फाइटर ११, रोयल पिसी फाइटर, हिमालयन क्रिकेट एकेडेमी, न्यु राइजिङ स्टार, कुलेश्वर क्रिकेट क्लब, रुस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कलेज र नेपाल क्रिकेट स्कुलले पनि भाग लिनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् ।

त्यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ४ गतेसम्म चल्नेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी