बार एसोसिएसनद्धारा संवैधानिक इजलास गठन गर्न माग

बार एसोसिएसनद्धारा संवैधानिक इजलास गठन गर्न माग

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २२ पुस । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीलाई उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा कानुन व्यवसायीका तर्फबाट कम्तीमा ५० प्रतिशत सिफारिस गर्ने लगायत तीनबुँदे ध्यानाकर्षण गराएको छ ।

बारका महसचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “उच्च अदालतमा न्यायाधीश पदमा नियुक्ति सिफारिस गर्दा समानुपातिक, समावेशी सिद्धान्तबमोजिम वरिष्ठता, अनुभव, पेसागत उच्च नैतिक आचरण, ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता, न्याय र कानुनको क्षेत्रमा योगदान पु¥याएको विशेष आधार बनाई नियुक्तिका लागि सिफारिस गरियोस् । ”
त्यस्तै नेपालको संविधान जारी भइसकेपछि राज्य र न्यायपालिकाका तर्फबाट समेत विशेष लगानी भई न्याय सम्पादनमा दुई वर्षभन्दा बढी सरिक भएका तत्कालीन पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशमा कार्यरत रही तोकिएको अवधि थप नगरी नेपालको संविधानबमोजिम बाहिरिएका हुँदा त्यस्ता न्यायाधीशका सम्बन्धमा उपयुक्त निर्णय गर्न बारले ध्यानाकर्षण गराएको छ ।

बारले अदालतमा आएका रिट निवेदन संवैधानिक विषयवस्तु भएकाले उक्त निवेदनका लागि संवैधानिक इजलास अविलम्ब गठन गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ