स्थानीय तह पुनरसंरचना आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

स्थानीय तह पुनरसंरचना आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २२ पौष ।  

स्थानीय तह पुनरसंरचना आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदैछ । अपरान्न साढे ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रतिवेदन बुझाउने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो ।

आयोगले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएर प्रतिवेदन बुझ्न आग्रह गर्दै आएको थियो । हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेपछि आयोगले आज प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

यसअघि छिटो प्रतिवेदन तयार पार्न आयोगलाई ताकेता गरेको सरकार प्रतिवेदन बुझ्न मानेको थिएन । आयोगले ७ सय २५ देखि ७ सय ३० संख्या रहने गरी स्थानीय तह निर्धारण गरेको छ । आयोगको म्याद आगामी फागुन मसान्त सम्म रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ