काठमान्डौ पुस २२ ।
शीतलहर शुरु भएपछि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण तराईका धनुषा, बारा, पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो ।
उक्त जिल्लाहरु चार दिन देखि बिहान र बेलुकाको समयमा शीतलहर चलिरहेको छ । चिसो बढेसँगै सडकमा चहल–पहल निकै घटेको छ ।
बाक्लो हुस्सुको कारण सडकमा दुर्घटनासमेत बढ्दै गएको प्रहरीले जनाएको छ । चिसोबाट विपन्न समुदाय बढी प्रभावित भएका छन् भने चिसो छल्न सर्वसाधारण ठाउँठाउँमा आगो बालेर बस्न थालेका छन् ।
अत्याधिक चिसोकै कारण निमोनिया, दम, झाडापखाला लगायतका बिरामीको संख्या पनि निकै बढेको छ । अस्पतालहरुमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या हुन थालेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline