काठमान्डौ पुस २२ । तेह्रथुम र संखुवासभाको सीमावर्ती तीनजुरे मिल्के, जलजले क्षेत्रमा एक दशक यताकै उच्च हिमपात भएको छ । चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी, मिल्के क्षेत्रमा हिजो बेलुकाबाटै व्यापक हिमपात भइरहेको छ ।
गुफापोखरी क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको बताइएको छ । यो वर्ष करिव १५ सय मिटर उचाईसम्म पनि हिमपात भएकाले जिल्लामा चिसो अत्यधिक बढेको छ । तेह्रथुमका लसुने, पिंगुवा, जिरीखिम्ती, सिमिनाक्सी डाँडा, तीनजुरे, पाथीभरा, घुर्मिसे लगायत तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।
यस्तै संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरीलगायत गाविसमा भएको हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline