आठौं फाल्गुनन्द गोल्डकपमा आज कर्णसिंह सोनाम स्मृतिले इलाभेन एरोज क्लबको सामना गर्दै

आठौं फाल्गुनन्द गोल्डकपमा आज कर्णसिंह सोनाम स्मृतिले इलाभेन एरोज क्लबको सामना गर्दै

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौ, पुस २२ ।
पाँचथरको फिदिममा जारी टुबोर्ग आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम सेमिफाइनल खेल हुदै छ ।

प्रतियोगिताको आज हुने अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र इलाभेन एरोज क्लब दुहबी सुनसरीबीच प्रतिस्पर्धा हुने छ ।

यस अघि हिजो भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६—० को फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब झापा फाइनलमा पुगेको छ ।

झापाको जीतमा विकेश लिम्बूले २ गोल, कर्ण लिम्बू, देवेन्द्र तामाङ, बुद्ध चेम्जोङ र योगेश गुरुङले एक–एक गोल गरे । आजको विजेता टोलीसँग झापाले पर्सी आइतबार उपाधिमा लागि भिडन्त गर्ने छ ।

नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी