अकोराबको १२ औ साधरण सभा तथा छैटौं अधिवेशन आजबाट राजधानीमा

अकोराबको १२ औ साधरण सभा तथा छैटौं अधिवेशन आजबाट राजधानीमा

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, पुस २२।
सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब) को १२ औं साधारणसभा तथा छैटौं अधिवेशन आजबाट राजधानीमा हुँदैछ ।

सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ अकोराबको १२ औं साधारणसभा तथा छैटौं अधिवेशन हुन लागको हो ।

अधिवेशनमा भाग लिन देशभरिका झण्डै तीन सय सामुदायिक रेडियोका प्रतिनिधि राजधानी आइपुगेको अकोराबले जनाएको छ ।

२०५९ साल साउन २८ गते दर्ता भएको संघमा अहिले दुई सय ८७ सदस्य रहेका छन् । देशभर सामुदायिक रेडियोको संख्या ३ सय ३ पुगेको छ ।

लोकतन्त्र, कानुनको शासन र मानवअधिकारमा आधारित सुशासनको अवधारणालाई नेपालका सामुदायिक रेडियोले अनुशरण गर्दै आएका छन् ।

नेपालका झन्डै ९५ प्रतिशत नागरिकमा आफ्नो पहुँच पुरियाएका सामुदायिक रेडियोले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको अकोरावले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ