काठमाडौं, पुस २२ ।
इङ्लिस एफए कप फुटबल प्रतियोगिताको तेस्रो चरणका खेल आजबाट हुँदैछन् । इङ्लिस प्रिमियर लिग फुटबलका आधा खेलहरु सकिएपछि एफए कपका मुख्य खेल आज बाट सुरु हुन लागेको हो ।
आज हुने खेलमा प्रिमियर क्लबहरु म्यानचेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड विच प्रतिस्पर्धा गर्ने छ । यस्तै तेस्रो चरणकै खेलमा एभर्टन र लेष्टर सिटी भिड्दा हल सिटी र स्वान्सी सिटी तथा सण्डरल्याण्ड र बर्नले आमने सामने हुनेछन् ।
यसैगरी लिभरपुलले चौथो डिभिजनको प्लाईमाउथसँग खेल्दा चेल्सीले तेस्रो डिभिजनको पिटरबोरोसँग प्रतिस्पर्धा गर्ने छ । म्यानचेस्टर युनाईटेडले च्याम्पियनसिप क्लब रिडिङसँग प्रतिस्पर्धा गर्दा आर्सनल पनि च्याम्पियनसिपकै प्रेस्टनसँग प्रतिस्पर्धा गर्नेछ ।
एफए कपका सुरुवाती खेल यसअघि नै भए पनि प्रिमियर लिगका क्लबहरु भने तेस्रो चरणबाट मात्रै प्रतियोगितामा सहभागी हुनेछन् ।