नेपाल चीनसँग नजिक हुदै गएको भारतीय थिंक ट्यांकको निष्कर्ष

नेपाल चीनसँग नजिक हुदै गएको भारतीय थिंक ट्यांकको निष्कर्ष

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ पुस २२ ।
सार्क सदस्य राष्टहरु मध्य नेपालमा चीनको सक्रियता बढ्दै गएको भारतीय थिंक ट्यांकले निष्कर्ष निकालेको छ ।
भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुइ पक्षीय सम्बन्ध रहको उल्लेख गरिएको छ ।

उक्त अध्ययन प्रतिवेदन गत बुधबार मात्र सार्वजनिक गरिएको हो । संस्थामा कार्यरत जयश्री सेन गुप्ताले सार्क बारे तयार पारेको प्रतिवेदन मा सार्क मुलुकहरुमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख गरेको छ ।

अध्ययन प्रतिवेदनमा भुकम्प पछि चीनले नेपालमा गरेको आर्थिक सहयोगको बारेमा समेत उल्लेख गरेको छ । आलेखमा मात्र नभएर नेपालमा तीनको प्रभाव बढ्दै गएकोमा भारतका राजनीतिक दल तथा कर्मचारी चहमा पछिल्ला दिनहरुमा निकै चिन्ता बढेको देखिन्छ ।

सार्कका अन्य मुलुकहरुमा समेत चीनको प्रभाव बढेको निक्र्याेल गरिएको छ । बंगलादेशले पनि ठूलो मात्रामा चीनबाट ऋण पाउदै गएको उल्लेख छ । अध्ययनका अनुसार चीनले बंगलादेशलाई २१ विलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको छ भने भारतले जम्मा २ विलियन अमेरिकी डलर मात्र उपलब्ध गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ