बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित

बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित

  • शुक्रबार, पुस २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ २२ पौष । 

स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ । प्रतियोगिता अन्तरगत अन्तिम १६ को पहिलो लेगमा बार्सा बिल्बाओसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पछिल्लो चार वर्षमा बार्सिलोनामाथि बिल्बाओको यो पहिलो जित हो । एथ्लेटिको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरे ।

खेलको २५ औं मिनेटमा आडुरिज र २८ औं मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली एथ्लेटिको बिल्बाओले २–० को अग्रता लियो ।

५२ औं मिनेटमा बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । ७४ औं मिनेटमा राउल गार्सिया तथा ८० औं मिनेटमा आन्द्रे टुरास्पे दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए ।

त्यसपछि ९ खेलाडीमा सीमित बिल्बाओसँग पनि बार्सिलोनाले फाइदा लिन सकेन । लुइस स्वारेज र नेइमारले पनि यो खेलमा गोल गर्न सकेनन् । दोस्रो लेग आगामी बुधबार बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी