गीत संगीतमा आफ्नो परिचय बलियो बनाउदै गएकी चन्द्रकला राई ले यस पटक आफ्नै स्वरमा आउन लागेको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यस पटक दर्शकले चन्द्रकलालाई गायिका मात्र हैन मोडलको रुपमा पनि देख्न पाउने छन् ।
एल्बम सोल्टी हजुरमा समावेश गरिएको पप आधुनिक गीतमा राईले अहिलेको युवा पुस्ताको मन जीत्न सकिने अपेक्षा राखेकी छन् । यस गीतको शब्द संगीत दिनेश राईले भरेका छन् ।
सो एल्बम भित्र स्वर तथा मोडलिङ दुवै भूमिकामा रहेकी चन्द्रकलाले विगतको तुलनामा अहिलेको गीत केही नया भएको बताईन् । यस अघि आधा दर्जन बढी एल्बममा आफ्नो स्वर दिईसकेकी उनले पूर्वेली भाकाका गीत तथा लोक गीतमा पनि स्वर दिईसकेकी छन् ।
राजेश राईको निर्देशन तथा डि बी लामाको छयाकंनमा तयार भएको भिडियोको दृष्य काठमाण्डौं लामाटार आसपासका रमणिय स्थानको बढी रहेको छ । मोडलिङमा चन्द्रकलालाई साथ दिएका छन् बिशाल राई हुसेनले । भिडियो सम्पादन लगत्तै दर्शकमाझ ल्याउने चन्द्रकलाले बताईन् ।

