दिक्तेल मझुवागढीको पर्यटन विकासका लागि ४२ लाख बजेट

दिक्तेल मझुवागढीको पर्यटन विकासका लागि ४२ लाख बजेट

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

खोटाङ, २१ पुस ।
दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि लागि रु ४२ लाख बजेट प्राप्त भएको मझुवा कालिका भगवती संरक्षण तथा विकास समितिले जनाएको छ ।

जस अन्तरगत सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच÷पाँच लाख, र पुरातत्व विभागबाट रु तीन लाख बजेट प्राप्त भएको हो ।

आव २०७२÷७३ मा विभिन्न शीर्षकमा रु ५७ लाख ३० हजार रकम उपलब्ध गराएका विभिन्न मन्त्रालयले आव २०७३÷७४ का लागि पनि बजेट छुट्याएका छन् । प्राप्त बजेटले समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो गढीमा पानी पु¥याउने, गढीस्थित कालिका भगवती मन्दिरमाथिको चौरमा पोखरी निर्माण, फलैँचा व्यवस्थापन, धारा, घेरबार, बगैँचा निर्माण गरिने झुवा कालिका भगवती संरक्षण विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार गणेश मन्दिर निर्माणका काम पूरा गर्ने, मन्दिरको उत्तरतर्फ पर्खाल लगाउने, भगवती मन्दिरको मर्मत गर्ने, गढीको स्वरुप देखिने पूर्वाधार तयार पार्ने, गुफा अगाडि ढुङ्गा छाप्नेलगायतका काम गरिनेछ । विभिन्न मन्त्रालय तथा कार्यालयबाट प्राप्त भएको बजेटबाट तोकिएको काम गर्नका लागि फरक फरक निर्माण उपभोक्ता समितिमार्फत काम भइरहेको आचार्यले बताउनुभयो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण हुने जनविश्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी