मेलम्चि आउनु अघि नै उपत्यकामा पानीको हाहाकार अन्त्य गर्ने सरकारको तयारी

मेलम्चि आउनु अघि नै उपत्यकामा पानीको हाहाकार अन्त्य गर्ने सरकारको तयारी

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, पौष २१ ।  सरकारले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि पहल शुरु गरेको छ । लोडसेडिङपछि सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले सर्वसाधारणलाई एक बाल्टी पानीका लागि समेत काकाकुल पर्ने तर हुने–खाने र पहुँचवालाहरुलाई पानी उपलब्ध हुने अवस्था अन्त्य गर्न जरुरी  रहेको भन्दै खानेपानीको उचित व्यवस्थापन गरी राहत दिन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘पानी नभएको होइन । तर, त्यसको सही ढंगले आपूर्ति व्यवस्थापन नहुँदा आम जनताले दुख पाइरहेका छन् । यो विषयमा गम्भीर भएर गृहकार्य गर्नुप¥यो’ ।

बैठकमा प्रधानमन्त्रीले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुल उपर गर्न समेत निर्देशन दिनुभएको छ । सर्वसाधारण जनतालाई महिनापिच्छै बिलको रसिद थमाएपनि ठूला, पहुँचवालाहरुको भने अहिले पनि ठूलो रकम तिर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले विद्युत महसुल तिर्न नसकेकाहरुलाई सरकारले महशुल उठाउन शुरु गरेजस्तो खानेपानीमा समेत बक्यौता उठाउने अभियान चलाउन निर्देशन दिनुभयो । ‘खानेपानीको सहज आपूर्तिका लागि यो अत्यन्तै जरुरी छ, तपाईहरु अगाडि बढ्नुस्, के कस्तो सहयोग चाहिन्छ, मलाई भन्नुस्’ प्रधानमन्त्रीले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्रीले मेलम्ची खानेपानीको सुरुङ खन्नेदेखि अन्य कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आपूर्तिका लागि पूर्वाधार तयार गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । समयमा उपत्यकामा पाइप बिछ्याउनेदेखि अन्य काम भएमा मेलम्चीको पानी बितरणका लागि भविष्यमा समस्या नपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्रीले पाइप बिछ्याउने कामलाई प्राथमिकताका साथ अगाडि बढाउने, मेलम्चीको पानी उपत्यकामा वितरणका लागि आवश्यक पर्ने अन्य पूर्वाधार समयमा नै निर्माण गर्ने विषयमा सम्बन्धित निकायहरुसँग समन्वय गरेर अघि बढ्न समेत निर्दशन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ