सूचना आयोगद्धारा सूचना अधिकारीको काम, कर्तव्यसम्बन्धी निर्देशिका सार्वजनिक

सूचना आयोगद्धारा सूचना अधिकारीको काम, कर्तव्यसम्बन्धी निर्देशिका सार्वजनिक

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ , २१ पुस । राष्ट्रिय सूचना आयोगले आज ‘सूचना अधिकारीको काम, कर्तव्य र जिम्मेवारीसम्बन्धी निर्देशिका, २०७३’ जारी गरेको छ ।

उक्त निर्देशिका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सार्वजनिक गर्नुभयो । सो अबसरमा उहाले जनतालाई सरकारसँग जोडी राख्न र सरकारका कुरा जनतासम्म पु¥याउन सूचना अधिकारीले महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेको बताउनुभयो ।

ज्ञान र सूचनाले जनतालाई बलियो बनाउने भएकाले मन्त्रालयले हुलाक सेवालाई सूचना केन्द्रको रुपमा विकास गर्ने प्रस्ताव राखेको भन्दै उहाँले  यस्तो सूचना केन्द्र सबै गाउँपालिकामा रहनेछ, जहाँबाट जनताले सजिलै सबै प्रकारका सूचना प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना अधिकारी प्रत्येक कार्यालयको ऐना भएकाले जनतालाई सबै सूचना सहजरुपमा उपलब्ध गराउन सकुन् भनेर निर्देशिका ल्याइएको बताउनुभयो ।

निर्देशिकाले सूचना अधिकारीको काम, कर्तव्य र अधिकारबारे स्पष्ट पारेको भन्दै उहाँले आयोगले विनाशुल्क सूचना दिन आदेश जारी गरेमा निःशुल्क सूचना दिनुपर्ने, हरेक तीन महिनामा सूचना अध्यावधिक गरी प्रकाशन गर्ने, सूचना मागकर्ताको निवेदन अलग्गै दर्ता रजिष्टरमा दर्ता गरी राख्नुपर्ने, आफुले तत्काल उपलब्ध गराउन नसक्ने प्रकृतिको सूचना भए निवेदन दिएको पन्ध्र दिनभित्र सूचना उपलब्ध गराउनुपर्नेलगायतका विषय समेटिएको बताउनुभयो ।

सूचना आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदा तिम्सिनाले धेरै कार्यालयका सूचना अधिकारीसमक्ष सूचना नै नआइपुग्ने गुनासो बढेपछि त्यसलाई प्रभावकारी बनाई जनतालाई तोकिएको सूचना अधिकारीमार्फत सूचना प्राप्त होस् भनी निर्देशिका तयार पारिएको बताउनुभयो ।

आयोगका सचिव शरदराज विष्टले सविधानमा भएका कुराहरु र सरकारका गतिविधि जनतासम्म पु¥याउने पहिलो व्यक्ति सूचना अधिकारी भएकाले सत्य र तथ्य कुरालाई बाहिर ल्याउन यो निर्देशिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ