संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव अनिवार्य : देउवा

संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव अनिवार्य : देउवा

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

दमौली, २१ पुस ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय, प्रान्तिय सभा र संसदको चुनाव हुन सकेमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभएको छ ।

छैठौँ तनहुँ महोत्सवको आज दमौलीमा उद्घाटन गर्दै सभापति देउवाले संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव हुनुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी नेकपा (एमाले)ले संसद खुल्न दिनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले २०७४ माघ ७ भित्रै तीनवटै चुनाव हुन नसके मुलुक गम्भीर सङ्कटमा फस्ने भएकाले सबै नेपाली जनता त्यसतर्फ सचेत भई चुनावको वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

देशमा स्थायी शान्ति भए नेपाललाई दक्षिण एशियाकै धनी देश बनाउन सकिने दाबी उहाँले गर्नुभयो ।

यसैबीच, सभापति देउवाले नेपाली कांग्रेस तनहुँको विपी स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय निर्वाचनका लागि जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

मधेसी मोर्चाको मागलाई सम्बोधन हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई सफल गराएरै छाडने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ