प्राधिकरणका प्रमुख ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति एमालेको आपत्ति

प्राधिकरणका प्रमुख ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति एमालेको आपत्ति

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, पुस २१ ।
नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

भोली हुने विरोधसभाबारे पार्टी कार्यालय धुम्बाराहीमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिइओ बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सरकारले गलत निर्णय गरेको टिप्पणी गर्नुभयो ।

वर्तमान सरकारले पाँच महिनाको अवधिमा पुनर्निर्माणमा सिन्को पनि नभाँचेको भन्दै अध्यक्ष ओलीले प्राधिकरणलाई असहयोग गर्न अभियान चलाइएको आरोप लगाउनुभयो ।

पुनर्निर्माणको निर्देशक समितिको बैठकमा समेत गम्भीर ढंगमा छलफल नभएको तथा प्राधिकरणलाई आवश्यक बजेट तथा कर्मचारी नदिएको सरकारले प्राधिकरणले काम नगरेको बहानामा सिइओ हटाउनु अशोभनीय भएको ओलीको भनाई थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन उपयुक्त वातावरण तयार भएको भन्दै २४ गतेको बैठक अघिनै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न आग्रह गर्नुभयो ।

जबर्जस्ती प्रस्ताव अघि बढाउन खोजे अवरोध जारी राख्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ