कमलाले नया उपचार विधि रहेको दावी गरिन् , जसले कुष्टरोग समेत निको पार्छ !

कमलाले नया उपचार विधि रहेको दावी गरिन् , जसले कुष्टरोग समेत निको पार्छ !

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ ,२१ पुस । प्राकृति उपचार पद्धन्तिबाट विभिन्न रोगीको उपचार गर्दै आएकी कमला राईले आफूलाई सरकारले ठाउँ उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।
आफ्नै वरपर भएका जडीबुडी र अन्य विधिबाट उपचार सम्भव भएपनि राज्यले त्यसलाई बेवास्ता गरेका कारण विरामीले सेवा नपाएको राईले बताएकी छन् ।
‘मैले एचआईभी र कुष्ठरोगबाहेक सबै रोगको उपचार गर्न सक्छु, त्यसको लागि राज्यले वातावरण बनाइदिनु पर्छ । धेरै नेपाली बिरामीको नाममा ठूलो खर्च भइरहेको छ । राज्य पनि उपचार खर्च दिएर हैरान भइसकेको छ’ राईले भनिन् । आफूलाई उपचार गर्ने वातावरण बनाइदिए राज्यको ढुकुटी समेत बच्ने उनको दाबी छ ।
बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफू स्वास्थ्यकर्मी र राज्यसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । उनले विदेशी उपचार पद्धतिमा भर पर्ने तर नेपालीको ज्ञान र क्षमतामा विश्वास नगर्ने दृष्टिकोणका कारण आफ्नो ज्ञान र क्षमता मरिरहेको राईले पत्रकार सम्मेलनमा बताइन् ।
प्राकृतिक उपचार संचालन गर्ने ठाउँ उलब्ध गराउन सरकारसँग माग गर्दै उनले भनिन् ‘मलाई उपचार गर्ने वातावरण सरकारले मिलाई दिनुपर्छ । त्यसबाट आएका शूल्क राज्यको कोषमा जम्मा गर्छु ।’ उनले आफूलाई व्यक्तिगत फाइदा नचाहिएको समेत बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ