काठमान्डौ, पुस २१ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले मुलुकलाई सहि दिशामा अघि बढाउन राजनीतिक सहमतिको विकल्प नरहेको बताउनु भएको छ ।
देश अहिले जटिल अवस्थामा रहेको भन्दै मन्त्री पाण्डेले यसलाई अघि बढाउन सम्पूर्ण राजनीतिक दलहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।
चितवनको भरतपुरमा आज गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले राजनीतिक सहमति विना विद्यमान समस्याबाट मुलुकले निकास पाउन सम्भव नभएको बताउनु भयो ।
संविधान कार्यान्वयनका लागि छिट्टै संविधान संशोधन गरी स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline