स्थानीय तह पुनर्संरचनाको खाका मोर्चालाई मान्य छैन : ठाकुर

स्थानीय तह पुनर्संरचनाको खाका मोर्चालाई मान्य छैन : ठाकुर

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, पुस २१ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह पुनर्संरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने बताउनु भएको छ ।

आज रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले संविधान संशोधन विधेयक पारित नभए स्थानीय तहको निर्वाचन हुन नसक्ने ठोकुवा गर्नु भयो ।

ठाकुरले संशोधन विधेयक पारित नभए चुनाव कुनै पनि हालतमा नहुने जिकिर गर्नु भएको हो ।

अन्तरिम संविधानले दिएको अधिकारलाई कुल्चिँदै संविधान जारी गरेको दाबी गर्दै उहाँले संविधान आवश्यकता अनुसार संशोधन नगरी विफल पार्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ