काठमाडौं, पुस २१ ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त निर्णय गरेको हो ।
मन्त्रीपरिषद्ले पुनर्निर्माणको कामलाई गति दिन प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नसकेको ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
यसअघि प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सरकारले ज्ञवालीसँग पुस १४ गते ७ दिने स्पष्टिकरण सोधेको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हिजो आफ्नो स्पष्टिकरण दिँदै सरकारको निर्देशन अनुसार काम गरिरहे पनि प्राधिकरणले बनाएका कार्य्विधि प्रधानमन्त्रीले पारित नगर्दा काममा ढिलाइ भएको प्रष्टिकरण दिनुभएको थियो ।
प्रष्टिकरणमा उहाँले स्रोतसाधनको पर्याप्तता बिना पनि प्राधिकरणले धेरै काम गरेको साथै सम्बन्धित निकायको उल्लेख्य सहयोग पाएको भए प्राधिकरणले अझै धेरै काम सम्पन्न हुने उल्लेख गरिएको थियो ।
तर मन्त्रिपरिषद्को आजको बैठकले ज्ञवालीको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।