सर्बोच्चको फैसलापछि संशोधन विधेयक अघि बढाउने बाटो खुल्यो : माओवादी केन्द्र

सर्बोच्चको फैसलापछि संशोधन विधेयक अघि बढाउने बाटो खुल्यो : माओवादी केन्द्र

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमााडै २१ पौष ।  

सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

संशोधन विधेयकका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका समय माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अघि बढाउने बाटो खुलेको निश्कर्ष निकालेको हो ।

राजधानीको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको पार्टी हेडक्वाटर बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तिब्र बनाउने निर्णय समेत गरेको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

बैठकले संशोधन विधेयकको बिरोधमा रहेको एमाले सहितका विपक्षी दलसँग छलफल गरी सबैलाई मान्य हुने गरी विधेयक अगाडि बढाउने बारे दलीय छलफल केन्द्रित गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनु भएको नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

यस्तै माओवादी केन्द्रले संगठनात्मक कार्यबिधिमाथिको छलफल समेत सुरु गरेको छ । आगामी महाधिवेशनलाई लक्षित गरी समावेशी सिद्धान्तका आधारमा कार्यविधि तयार पार्ने जनाइएको छ ।

आन्तरिक निर्वाचनलाई निश्पक्ष र प्रतिस्पर्धात्मक ढंगबाट अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यको कोटा समेत निर्धारण गर्ने गरी छलफल थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ