काठमाडौ २१ पौष ।
सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाई प्रक्रिया आज सुरु हुदैछ । त्यसका लागि आज संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ ।
बिहान ११ बजेपछि बस्ने समितिको प्रारम्भिक बैठकमा उनीहरु बिरुद्ध उजुरी दिने समय तोकिने समिति सचिवालयले जनाएको छ ।
न्याय परिषद्को हालै बसेको बैठकले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
परिषद्ले प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउन संसद सचिवालयलाई पत्रचार गरेपछि समितिको बैठक आजका लागि बोलाईएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline