काठमाडौ २१ पौष ।
मन्त्रीपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा बोलाइएको छ ।
आजको बैठकले पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ शुसिल ज्ञवालीलाई पदबाट हटाउन सक्ने स्रोतले जनाएको छ ।
पुननिर्माणको कामप्रति असन्तुष्टी जनाउदै गत साता बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणका सिइओ ज्ञवालीलाई एक साताभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो ।
ज्ञावालीले सरकारकै कारण प्राधिकरणको कामकारबाही प्रभावकारी रुपमा अघि बढ्न नसकेको अरोप लगाउदै हिजो मन्त्रीपरिषद कार्यलयमा स्पष्टीकरण बुझाउनु भएको थियो ।
ज्ञवालीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उहाँलाई पदबाट हटाउने निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline