काठमााडै २१ पौष ।
मुलुकको पछिल्लो राजनितिक अवस्था र संविधान संशोधन विधेयक संसदमा टेबल गर्ने सम्बन्धमा छलफल गर्न सात्ता साझेदार दल कांग्रेस माओवादी र मधेशी मोर्चाको बैठक आज बस्दैछ ।
संविधान संशोधनबारे सर्बोच्च अदालतले दिएको पछिल्लो आदेशपछि संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार कांग्रेससहित मधेशी मोर्चको बैठक बोलाउनु भएको हो ।
बाुलवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्न ३ बजेपछि बस्ने बैठकमा संविधान संशोधन विधेयक, संसदको जारी गतिरोध तथा स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको मधेशी मोर्चाले प्रतिपक्षी एमालेको समेत समर्थनमा जुटाउन सत्तारुढ दललाई दवाव दिने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।