स्ववियु निर्वाचनमा उमेर हदबन्दी

स्ववियु निर्वाचनमा उमेर हदबन्दी

२८ वर्ष भन्दा माथिकाले उमेदवारी दिन नपाउने

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ २० पौष ।  

त्रिभवन विश्वविद्यालयको सिनेट बैठकले स्ववियु निर्वाचनमा २८ वर्ष भन्दा माथिकाले उम्मेद्ववारी दिन नपाउने निर्णय गरेको छ । त्रिविको अडिटोरियम हलमा आज बसेको बैठकले स्वीयु निर्वाचनका लागि उमेर हदबन्दी तोक्ने निर्णय गरेको त्रिविका प्रवक्ता भोला प्रसाद ढकालले जानकारी दिनुभयो ।

गत असार २६ गते बसेको त्रिवि सभाले स्ववियु निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय गरेको थियो । केहि विद्यार्थी संगठनले उम्मेद्वारको उमेर तोक्न नहुने माग गर्दै आएका थिए । यस्तै बैठकले शिक्षक कर्मचारी शिक्षा सम्बन्धि नियम, आर्थिक नियम, शैक्षिक संगठन सम्बन्धि नियम संशोधन गर्ने निर्णय समेत गरेको छ ।

सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिविलाई केन्द्रीय विश्वविद्यालय सहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिनुभयो ।

स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण बनाई स्ववियु निर्वाचन गराउन समेत उहाँले आग्रह गर्नुभएको छ ।

उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिवि अग्रसर हुनुपर्ने भन्दै उहाँले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ