प्रचण्डसँग सत्ता सन्चालनको अनुभव छैन : नेता नेपाल

प्रचण्डसँग सत्ता सन्चालनको अनुभव छैन : नेता नेपाल

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २० पौष ।  

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सत्ता सन्चालनको लागि अनुभव नभएको बताउनु भएको छ ।

नेता नेपालले प्रधानमन्त्री दाहाललाई सम्झाएर अहिलेको तमासा अन्त्य गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह समेत गर्नुभयो ।

आगामी पौष २२ गते हुने विरोध सभाको विषयमा काठमाडौंमा आज भएको अन्तक्र्रियामा बोल्दै नेता नेपालले कांग्रेस र माओवादीसँग अनौपचारिक रुपमा छलफल चलिरहेकाले छिटै औपचारिक छलफल गरी समाधानको बाटो निकालिने बताउनुभयो ।

सर्वोच्चको फैसलापछि राजनीतिक निकासको बाटो खुलेको भन्दै नेता नेपालले संसद बैठक पनि २४ गतेसम्म स्थगित भएको सन्दर्भमा त्यस अवधिसम्म कुनै न कुनै निकास निस्किने धारणा राख्नुभयो ।

अहिलेको राजनीतिक एजेण्डा संविधान संशोधन नभएर संविधान कार्यान्वयन भएको उल्लेख गर्दै नेता नेपालले संशोधन संशोधनको विवादलाई पन्छाएर चुनावको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ