संविधानको कार्यान्वयनका लागि त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन

संविधानको कार्यान्वयनका लागि त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २० पुस ।

त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) बसिरहेको छ । बैठकको त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका बिषयमा छलफल हुने छ ।
विश्वभरीका विश्वविद्यालयमध्ये ४२४१ औँं स्थानमा रहेको त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् ।

सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिनुभएको छ ।

स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण बनाई स्ववियु निर्वाचन गराउन पनि आग्रह गर्नुभयो ।

उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिवि अग्रसर हुनुपर्ने भन्दै उहाँले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउदै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पु¥याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्ने दाहालको भनाई छ ।

शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउनु भएको थियो ।

उपकुलपति डा तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता प्रकट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी