राजनीतिक स्थिरताका लागि वार्ता नै उपर्युक्त : कोईराला 

राजनीतिक स्थिरताका लागि वार्ता नै उपर्युक्त : कोईराला 

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कावासोती, २० पुस । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताउनुभएको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा बोल्दै उहाँले  संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताउनुभयो ।

संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका स्मरण गर्दै कोईरालाले अब कार्यान्वयनको समयमा पनि मिलेर जानु पर्ने बताउनु भयो ।जनताको भावनामा खेलवाड गर्नु नहुने उहाको भनाई छ ।

तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यान्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उहाँले औँल्याउनुभयो ।
नवलपरासी क्षेत्र नं १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागि परेको समेत उहाँले बताउनुभयो ।

अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आवश्यक छ डा कोइरालाले भन्नुभयो– “यहाँ बिपी कोइरालाको नाउँमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा छु ।”

उहाँले विकासका प्राथमिकताका लागि आवद्यिक योजना बनाएर सबै नगरपालिका र जिल्ला विकास समितिले काम गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ