काठमाडौं, पुस २०।
क्रिकेट संघ नेपाले ट्वेन्टी–ट्वेन्टी नेत्रहिन क्रिकेट विश्वकप प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
भारतको नयाँ दिल्लीमा आगामी जनवरी २८ देखि फेब्रुअरी १२ सम्म हुने प्रतियोगिताको लागि १४ जना खेलाडी र ६ जना अफिसियलको नाम सार्वजनिक गरिएको छ ।
छनौटमा परेका खेलाडीमा बिक्रमबहादुर राना, सुनिल सुवेदी छेत्री, जीवन गुरुङ, अब्दुल जाहिद, भरत चौलागाईं, दुर्गा दत्त पौडेल, शोभराम डाँगी, सुनिल राना, बद्रि चौलागाईं, कृतन श्रेष्ठ दुवाल, सुनिल थापामगर, मेश बहादुर बानिया, शंकर रेग्मी,पदम बडेला रहेका छन् ।
यस्तै अफिसियलहरुका नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, निरोज गिरी, रिजन प्रजु, नहेन्द्र निरौला, दिपेन्द्र गुरुङ, निर्मल पौडेल छन् । छनौटमा परेका खेलाडीलाई पुस २७ देखि माघ १३ गते बन्द प्रशिक्षणमा राखिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline