पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले सरकारलाई स्पष्टीकरण दिदै

पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले सरकारलाई स्पष्टीकरण दिदै

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,२० पुस ।

पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज सरकारलाई पुनर्निमाणमा सुस्तता आउनुको कारण सहितको स्पष्टीकरण पत्र बुझाउदै हुनुहुन्छ ।

एकसाता अघि पुनर्निमाणको काम प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले पाच बुदे स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले आज अपरान्ह मन्त्रीपरिषद् कार्यलय पुगी सरकारले सोधेको स्पष्टीकरणको जवाफ सहितको पत्र बुझाउन लाग्नुभएको हो ।

सरकारी असहयोगका कारण पुननिर्माणको काम गर्न आफुलाई अप्ठ्यारो परेको र पछिल्लो समय काम प्रभावकारी हुन थालेको बिषयलाई समेटेर ज्ञवालीले तयार पारेको स्पष्टीकरण अपरान्ह सम्ममा मन्त्रिपरिषद् कार्यलयमा बुझाउने उहाँ निकट स्रोतले जनाएको छ ।

ज्ञवालीको कामकार्वाहिप्रति असन्तुष्ठ रहेको सरकारले उहाँको स्पष्टीकरण चित्त नबुझे हटाउने सम्मको तयारी गरेको छ ।

उक्त पत्रमा पुननिर्माण प्राधिकरण स्थापना भएको एक बर्षमा व्यावस्थित र योजनाबद्ध रुपमा अघि बढेको दाबी सहित पछिल्लो समय परिणम समेत आउन थालेको बताउनु भएको छ ।
यस्त्ै उहाले प्रधानमन्त्री कार्यलयले समयमै तोकिएका नितिनियम र कानुन पारित नगरिदिनु र अर्थ मन्त्रालयले समयमै वजेट निकासा नगरिदिदा पुननिर्माणमा सोचेजस्तो काम हुन नसकेको पनि उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ